गृहपृष्ठ एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन
एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने (आज) बुधबार अन्तिम दिन रहेको छ । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामको ऋणपत्र निष्कासन गरेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ४० प्रतिशत अर्थात् ८ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानीकोषसहित सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । ।
यस्तै, सामूहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र छुट्याएर बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि छुट्याइएको बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको छ । त्यसैगरी, उक्त ऋणपत्रमा बिक्री प्रबन्धकसँगै मेरो सेयर वेबसाइट र एपमार्फत आवेदन दिन सकिने छ ।
प्रकाशित समय : ११:१९ बजे

















