काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बन्चरेडाँडामा तनाव, प्रहरीले गर्‍यो पाँच राउन्ड हवाई फायर

9.79K
shares

काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच तनाव भएको छ ।

उपत्यकाको फोहोर लिएर गएका टिपरलाई स्थानीयबासीले अवरोध गरेपछि झडप भएको हो ।

त्यसक्रमममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । फोहोरको गाडी लिएर अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

त्यसपछि स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपटि हवाई फायर गर्नु परेको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।