काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ७३ करोडको कारोबार

9.72K
shares

अघिल्लो दिन ५५ अंकले बढेको सेयर बजारमा दोस्रो दिन पुन: २४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो ।

सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घटेर ३९४.३९ अंकमा झरेको छ । १३ वटा उपसूचकमध्ये आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।

यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले, निर्जीबन बिमा समूहको उपसूचक १.७१ प्रतिशतले घटेकाे छ ।

त्यसैगरी,  इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रोफाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.९ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ०.७ प्रतिशतले मात्र घटेको छ ।