गृहपृष्ठ टाटा नेक्सन अब नेपालको ‘नम्बर १’ एसयूभी
टाटा नेक्सन अब नेपालको ‘नम्बर १’ एसयूभी
निरन्तर उत्कृष्टताका नयाँ-नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको छ । पछिल्लो समय नेपालमा पनि नेक्सनले ‘नम्बर १’को पहिचान सफलताका साथ स्थापित गरेको छ ।
आइसी र इभीजस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको विक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ । सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेका छन् । फलस्वरूप यहाँ उच्चकोटीका एसयूभीको मागमा वृद्धि भइरहेको छ ।
नेपाली बजारमा विभिन्न एसयूभी ब्राण्डहरु बीचको तीव्र प्रतिस्पर्धामा नेक्सन अन्यभन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडि तीन महत्वपूर्ण तत्वहरु छन् । यी हुन् मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा । यही कारण नेक्सनले धेरैभन्दा धेरै ग्राहकको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरुलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको छ । यससँगै यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा आफ्नो एक विशिष्ठ पहिचान बनाइरहेको छ ।
१२०० सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसीको डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्धितीय छ । २०९ मिलिमिटर लामो ‘ग्राउन्ड क्लेरेन्स’सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चारपांग्रे नेपाली सडकमा सुहाउँदो पनि छ ।
सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा बिक्री वितरण सुरू गरिएको नेक्सन इभी (विद्युतीय गाडी)ले विशेषत पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरुको मन र मष्तिस्कमा अमेट्य छाप छोड्न सफल भएको छ । यसको एक मुख्य कारण सिप्रदीले नेपालमा समग्र विद्युतीय गाडीको पर्यावरण प्रणालीमा (इभी इको सिस्टम) पुर्याइरहेको सकारात्मक योगदान हो । १८ भन्दा बढी फास्ट चार्जिङ र १२० भन्दा बढी स्लो चर्जिङ सञ्जालसहित यस इभीले नेपालको सन्दर्भमा पहिलो र एक मात्र इजी चर्जिङ एपको सुविधा प्रदान गरिरहेको छ । नवीनतम सोच र समुच्च प्रणालीको समिश्रण नेक्सन इभीले सरल, सहज र सुन्दर यात्राको प्रत्याभूति गर्दछ ।
प्रकाशित समय : १५:४१ बजे



















