गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल र भिभान्ता डेन्टलमा विशेष छुट पाउने
मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल र भिभान्ता डेन्टलमा विशेष छुट पाउने
मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलसँग सम्झौता गरेको छ ।
बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउमा शाखा रहेको हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौतापश्चात बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाँउ (काठमाडौंभित्र: धुम्बाराही, चाबहिल, लगनखेल, साँखु र काठमाडौंबाहिर: चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुनसरी , कैलाली, डडेलधुरा )मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधामा विशेष छुट पाउन सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको भिसा नेटवर्कबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित समय : १५:३६ बजे



















