global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पाकिस्तानमा मनसुनी वर्षा, १० को मृत्यु

पाकिस्तानमा मनसुनी वर्षा, १० को मृत्यु

पाकिस्तानमा मनसुनी वर्षा, १० को मृत्यु

पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । २४ घन्टामा पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो ।

सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर छ जनाको ज्यान गएको छ ।

त्यसैगरी उत्तरपश्चिीमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको बताइएको छ । त्यहाँका कतिपय व्यक्ति हराइरहेका पनि बताइएको छ ।

यहाँ यसवर्षको मनसुनी वर्षा सुरु भएको जुनदेखि अहिलेसम्ममा अति वर्षा र बाढीमा परेर पाँच सय ९२ जनाको मृत्यु भएको बताइएको छ । त्यसैगरी वर्षाका कारण यहाँका करिब एक हजार जना घाइते भएका छन् भने बाढीले हजारौँ घरमा क्षति पुगेको छ ।

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु