गृहपृष्ठ भायानेटको नयाँ शाखा सुर्खेत, घोराही र तुलसीपुरमा
भायानेटको नयाँ शाखा सुर्खेत, घोराही र तुलसीपुरमा
भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
यस अवसरमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराउने भएको छ । साथै, यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् ।
ग्राहकले भायानेटको अल्ट्रा-फाईजस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटीभीको मजा लिन पाउनेछन् ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपी टीभी सेवाको पनि सुरू गरेको थियो ।
प्रकाशित समय : १५:१५ बजे



















