काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा : मन्त्री गहतराज

10.12K
shares

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन् ।

मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरूको काँधमा आएको बताएका हुन् ।

उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बनाउनु पर्ने अवस्था नभएको बताए । मन्त्री गहतराजले अब युवाहरूको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको बताए ।

मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अभिभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए ।

उनले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाहरूले समृद्धिको चरण पार गर्नुपर्ने बताए ।