काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नक्कली खुट्टाभित्र लुकाइएको बम विस्फोटद्वारा अफगान धार्मिक नेताको हत्या

9.43K
shares

अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा एकजना धार्मिक नेता मारिएका छन् ।

तालिवानलाई समर्थन गर्दै आएका र ‘महिलालाई पनि शिक्षा दिनुपर्छ’ भन्ने विचारका पक्षपाती रहेका धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा ज्यान गएको हो । तालिवान सुत्रहरूले एकजना पुरुषले कृत्रिम प्लास्टिकको खुट्टा भित्र लुकाइएको बम विस्फोट गराउँदा उनको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

काबुलस्थित एउटा इस्लामिक पाठशालामा हक्कानी उपस्थित रहेको बेला आक्रमण गरिएको हो । हक्कानी आईएससँग आबद्ध जिहादी लडाकु समूह इस्लामिक स्टेट कोरासान प्रान्त (आईएस-के)का कट्टर विरोधी रहँदै आएका थिए ।

आईएसले तालिवान सरकारको विरोध गर्दै आइरहेको छ । एकजना वरिष्ठ तालिवान अधिकारीले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन् ।

यस हत्याका जिम्मेवार यकिन भइसकेको छैन । तर, हक्कानीमाथि यसअघि पनि इस्लामिक स्टेट (आईएस) समूहले आक्रमण गरिसकेको छ ।