गृहपृष्ठ पाँच महिनाकी गर्भवती श्रीमतीको अरुसँग सम्बन्ध रहेको शंकामा घाँटी थिचेर हत्या
पाँच महिनाकी गर्भवती श्रीमतीको अरुसँग सम्बन्ध रहेको शंकामा घाँटी थिचेर हत्या
पर्सामा श्रीमानले गर्भवती श्रीमतीको घाँटी थिचेरमा हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २३, इटियाहीमा २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेका हुन् ।
पाँच महिनाकी गर्भवती श्रीमती अरुसँग सम्बन्धमा रहेको शंकामा दिनेशले आज बिहान श्रीमती प्रतिमाको घाँटी थिचेरमा हत्या गरेका प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा यादवलाई बिहानै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।
प्रकाशित समय : ११:२१ बजे



















