गृहपृष्ठ अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने
अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने
अभियान लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा २५ दशमलव २९ गुणा बढी आवेदन परेको छ । यस आधारमा कम्पनीको आइपीओ गोलाप्रथामार्फत बाँडफाँड हुनेछ ।
आइपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालमा हुने जनाएको छ ।कम्पनीले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।
प्रकाशित समय : १०:३८ बजे


















