global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ घट्यो उन्नति सहकार्य लघुवित्तको खुद नाफा

घट्यो उन्नति सहकार्य लघुवित्तको खुद नाफा

घट्यो उन्नति सहकार्य लघुवित्तको खुद नाफा

उन्नति सहकार्य लघुवित्तको खुद नाफा ५४.६७ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाले ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५४.६७ प्रतिशत कम हो ।

अघिल्लो वर्ष यसले ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.१७ प्रतिशतले घटेको छ।

यसको रिजर्भमा ९ करोड ९ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै, कम्पनीको खराब कर्जा अनुपात २.३२ प्रतिशतबाट बढेर ३.३० प्रतिशतमा पुगेको छ ।

यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसाले घटेर ५३ रुपैयाँ ९२ पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७० पैसा रहेको छ ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु