काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

8.48K
shares

प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।