गृहपृष्ठ आगलागीबाट ६ लाख बराबरको धनमाल नष्ट
आगलागीबाट ६ लाख बराबरको धनमाल नष्ट
झापामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । कन्काई नगरपालिका-१ प्रजापती टोल बस्ने गंगा देवी बिकको घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै, धनुषा, जनकपुर उपमहानगरपलिका-८ दशरथनगरस्थित नजामुदिन साहको घरमा अचानक बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १३:१६ बजे




















