काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ

12.71K
shares

प्रहरीले लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट ४ जनालाइ पक्राउ गरेको छ ।

बाँके, खजुरा गाउँपालिका-६ सिमलघारी प्रतिक्षालयबाट करिब २ सय ५० ग्राम अवैध लागु औषध गाँजासहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम बिकलगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागु औषधसहित पक्राउ गरेको हो ।

यस्तै, झापा, अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट ४ ग्राम अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ ग्राम १३ मिलिग्राम अवैध लागु औषध गाँजा जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने ३५ वर्षीय लाल बहादुर दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यसैगरी, नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध ३३ एम्पुल नुफिन, ३२ एम्पुल प्रोमेथाजाईन र ३३ एम्पुल डाईजेपामसहित तनहुँ भानु नगरपालिका-२ बस्ने ३१ वर्षीय ईन्द्र बहादुर बाचेँ मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ग १४ प ६५०८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त परिमाणको लागु औषधसहित पक्राउ गरेको हो ।

सिरहा, लहान नगरपालिका-१३ सरस्वती बलुवा टोल बस्ने २७ वर्षीय नन्द कुमार महतोको घरको कोठाबाट फेनारगन, डाईजेपाम र नोफिन गरी जम्मा ७ सय ३६ एम्पुल नियन्त्रित लागु औषध मंगलबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट पक्कीटोलबाट खटिएको प्रहरीले उक्त परिमाणको लागु औषध बरामद गरेको हो । हाल फरार नन्द कुमार महतोको खोजी भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।