काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दैलेखका कविराम नाम सच्याउन पुगे सीडीओ कार्यालय

10.77K
shares

अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृृह मन्त्रालयले निर्देशन दिएको भोलिपल्टै मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका-३ का कविराम कामी सदरमुकाम पुगेका छन् । आफ्नो नागरिकतामा ‘कुकुर कामी’ लेखिएकाले सच्याउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए ।

‘गाउँमा बोलाउने नाम कविराम नै भए पनि २०४६ सालमा तत्कालीन प्रधानपञ्चले गरेको सिफारिसका आधारमा नागरिकता टोलीले कुकुर कामी लेखेर नागरिकता दियो,’ उनले निवेदनमा भनेका छन्, ‘यस्तो नामले हीनता र अपमान भइरहेकाले परिवर्तन गरी कविराम कामीका नाममा प्रतिलिपि पाऊँ ।’

कविरामले वडा र गाउँपलिकाको सिफारिससहित प्रशासनमा निवेदन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निवेदन प्राप्त भएकाले सर्जमिन बुझ्न पठाएको बताए ।

‘यो नागरिकतासँगै उक्त नामबाट केके प्रमाणपत्र बनेका छन्, त्यसबारे बुझ्न पठाइएको छ,’ प्याकुरेलले भने, ‘छोराछोरीको नागरिकता बनाएको भए त्यो पनि सच्याउनुपर्छ । फास्ट ट्र्याकबाट कविरामलाई नागरिकता प्रदान गर्छौं ।’