काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने

13.25K
shares

आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।

‘ललितपुरमा हुने दुई दिने बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार अभिमुखीकरण कार्यक्रममा सहभागी हुन चाहने जनप्रतिनिधिले २९ साउन बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा नाम दर्ता गर्नसमेत आग्रह गरिएको छ । कांग्रेसको सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर स्थानीय तहका प्रमुख उपप्रमुखलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।