nmb bank

गृहपृष्ठ एकैदिन १०९० जनामा कोरोना पुष्टि, कति पुग्यो सक्रिय संक्रमित ?

एकैदिन १०९० जनामा कोरोना पुष्टि, कति पुग्यो सक्रिय संक्रमित ?

एकैदिन १०९० जनामा कोरोना पुष्टि, कति पुग्यो सक्रिय संक्रमित ?

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय नमुना परीक्षण गरिएकामध्ये २ हजार ९ सय ५८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ३ सय ४२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार थप ४ सय ३८ जना कोरोनामुक्त भएका छन् । हालसम्म ९ लाख ७३ हजार ४ सय ५ जनाले कोरोनालाई जितेका छन् । निको हुने दर ९८.२ प्रतिशत छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ६ जना पुगेको छ । संक्रमितमध्ये ५ हजार ५ सय ९३ जना होम आइसोलेसनमा र २ सय१३ जना संस्थागत आइसोलेसनमा, ६१ जना आइसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु