चन्द्रागिरि नगरपालिकाको कर अब ‘आइएमई पे’ बाट भुक्तानी गर्न सकिने
वि.सं.२०७९ साउन २३ सोमवार १५:५४
shares

चन्द्रागिरि नगरपालिकाको कर अब ‘आइएमई पे’ बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।
गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी (E-Payment) सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीले ‘आइएमई पे’ एप डाउनलोड गरी ‘आइएमई पे’ एपमार्फत् अथवा नगरपालिकाको वेब पोर्टलमा गएर ‘आइएमई पे’ मार्फत् घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्ने छन् ।
नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा सुरू गरेको हो । उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरू गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई साधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवर्द्धन गर्न लागि पर्नु पर्ने बताए ।

























