गृहपृष्ठ नेप्से साढे १७ अंकले घट्यो

नेप्से साढे १७ अंकले घट्यो

नेप्से साढे १७ अंकले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ ।

यस्तै, ठुला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अंकले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कुल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको सेयर मूल्य ओरालो लागेको छ । उत्पादन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अंकले उकालो लागेको छ ।

यस्तै, बैंकिङ ५.८४, व्यापार ११.३८, होटल तथा पर्यटन ४६.१६, विकास बैंक ५२.०३, जलविद्युत् २६.८१, वित्त २४.८४, निर्जीवन बीमा ३६.४८, अन्य ३८.६५, लघुवित्त १७.४८, जीवन बिमा १०१.९२ र लगानी ०.९८ अंकले ओरालो लागेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २० करोड ७१ लाख ६९ हजार ९३५ बराबरको कारोबार भयो ।

त्यस्तै, नबिल बैक १० करोड ८५ लाख ४३ हजार १५१, नागरिक लगानी कोष आठ करोड २१ लाख २८ हजार ९६९, नेसनल हाइड्रोपावर सात करोड ६५ लाख ९१ हजार ५४५ र हिमालयन डिस्टिलरी सात करोड १८ लाख ४४ हजार ३४२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५.५९, आरबीबी म्युचुअल फण्ड ५.१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतले कमाए । त्यस्तै, जानकी फाइनान्स ४.३१, एनआइसी एशिया सेलेक्ट फण्ड ३.८४, सिनर्जी पावर ३.५५, एसियन लाइफ इन्स्योरेन्स ३.४२ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३१ प्रतिशतले गुमाए ।

प्रकाशित समय : १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु