गृहपृष्ठ सानिमा बैंकको शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुला
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुला
सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
यस्तै, बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाबाट छात्रवृत्ति आवेदन खुला गरेको छ । उक्त छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति २ हजार (प्रतिमहिना) गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गर्ने बैंकले जनाएको छ ।
छात्रवृत्तिका लागि आवेदन भदौ ३१ गतेसम्म दिन सकिने बैंकले जनाएको छ ।
प्रकाशित समय : १६:२१ बजे