global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु क्यापिटलको जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक

प्रभु क्यापिटलको जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक

प्रभु क्यापिटलको जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक

प्रभु क्यापिटल लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक भएको छ ।

बालबालिकाको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासंगको सहकार्यमा यो योजनाको थालनी गरेको हो ।

विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी संगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ बालदिवसको शुभ अवसर पारेर ‘PRABHU LITTLE CHAMP PMS’  योजना सुरुवात गरेको क्यापिटलले जनाएको छ ।

यसै विषयलाई लिएर हाल क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ । यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकर्ताहरुले, जसले क्यापिटलको पिएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् ।

क्यापिटलको यो लिटिल च्याम्प पिएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा-छोरीहरुको सुरक्षित भविष्यको लागि सुरु गरेको हो । यस्तै पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एक पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।

क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सकिनेछ ।

यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु