गृहपृष्ठ नारायणकाजीले पाए माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
नारायणकाजीले पाए माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणका लागि जापान गएपछि उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किने छन् ।
प्रकाशित समय : ११:१४ बजे



















