global ime bank Long Banner Ad

गृहपृष्ठ स्वदेश फर्किए प्रधानसेनापति शर्मा

स्वदेश फर्किए प्रधानसेनापति शर्मा

स्वदेश फर्किए प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्मा ९ दिने लामो अष्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । साउन १२ गते त्यसतर्फ लागेका उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

अष्ट्रेलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा भ्रमणमा निस्किएका थिए । प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरूमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको नेपाली सेनाले जनाएको छ ।

उनी स्वदेश फर्किएपछि नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भाव थप विस्तार हुन गई सैनिक कुटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु