गृहपृष्ठ तीन कृषकलाई ‘भीमदत्त’ उत्कृष्ट कृषक पुरस्कार
तीन कृषकलाई ‘भीमदत्त’ उत्कृष्ट कृषक पुरस्कार
अत्तरिया । यस वर्ष ‘२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३’ को अवसरमा सोमबार कृषि ज्ञान केन्द्र कैलालीले यहाँका स्थानीय तीन जना कृषकलाई ‘भीमदत्त ’उत्कृष्ट कृषक पुरस्कार–२०८३’बाट पुरस्कृत गरेको छ ।
लामो समयदेखि व्यावसायिक कृषि पेसामा आबद्ध घोडाघोडी नगरपालिका–२ का माछापालक कृषक मनोज खनाल, घोडाघोडी नगरपालिका–८ का तरकारीखेती गरिरहनुभएका धनबहादुर चौधरी र चुरे गाउँपालिका–१ का फलफूल खेती गरिरहनुभएका रीताकुमारी देउवालाई जनही नगद रु २५ हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरीले नगदसहित प्रमाणपत्र हस्तान्तरण गर्दै पुरस्कृत किसानलाई बधाइ दिए।
प्रकाशित समय : १५:२९ बजे



















