global ime bank Long Banner Ad

गृहपृष्ठ खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह काठमाडौँ, १२ असार : राष्ट्रियसभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक। तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गर्ेका छन ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उहिरुले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दुर्गा गुरुङले सरकारलाई गरिब, सीमान्तकृत र भूमिहीनको हकहितलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सुझाव दिए ।

सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति पारदर्शी हुनुपर्ने बताए ।

सांसद सम्झना देवकोटाले धान र बीउमा आत्मनिर्भर रहने वातावरण बनाउन माग गर्े ।

सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरका विषयमा उठेको प्रश्नलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद विष्णुकुमारी सापकोटाले कुनै पनि राजनीतिक दलले बालबालिकालाई दलको सदस्यता दिनु वा प्रयोग गर्नु उचित नहुने धारणा व्यक्त गरिन ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु