काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीनबाट परराष्ट्रमन्त्री खड्काको भ्रमणतालिका सार्वजनिक

8.93K
shares

परराष्ट्रमन्त्री नारायण खड्काले चीनको भ्रमण गर्ने कुरा बेइजिङले पुष्टि गरेको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले अगस्ट ८ देखि १० तारिखसम्म नेपालका परराष्ट्रमन्त्री खड्काले चीनको भ्रमण गर्न लागेको पुष्टि गरेकी हुन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको बताउँदै नेपाली परराष्ट्रमन्त्री खड्काको यो भ्रमण चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको गत मार्चमा भएको नेपाल भ्रमणको आदानप्रदान भएको बताइन् ।

प्रवक्ता ह्वाका अनुसार चिनियाँ पक्षले यस भ्रमणबाट नेपाली पक्षसँग रणनीतिक सम्पर्कलाई थप सुदृढ गर्ने, एकअर्कालाई दृढताका साथ सहयोग गर्न र विकास तथा समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीलाई अगाडि बढाउन सघाउने अपेक्षा गरेको छ ।

चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाल र दक्षिण कोरियाली विदेशमन्त्रीलाई एकैसाथ शानतोङ प्रान्तको छिङ्ताओमा स्वागत गर्ने कार्यक्रम छ । विश्वचर्चित छिङ्ताओ बियर महोत्सवको ३२औं संस्करण समापन भएको भोलिपल्ट सो स्थलमा यो भेटघाट तय भएको छ ।