काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा ठूलै झट्का

9.74K
shares

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो। यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस्तै गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरहने केन्द्रले जनाएको छ ।