गृहपृष्ठ चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी पुगिन् ताइवान

चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी पुगिन् ताइवान

चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी पुगिन् ताइवान

चीनको निरन्तर चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइवेइको विमानस्थलमा अवतरण गरेकी हुन् ।

अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यस भ्रमणलाई पछिल्लो २ दशकभन्दा लामो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको महत्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरिएको छ ।

अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुन्द्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले भने सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकाशमा विमान उडाउँदै आएको छ ।

यसैबीच पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो । साथै रुसले पनि उक्त भ्रमणको विरोध जनाएको थियो ।

चीनमा भने पेलोसीको भ्रमणलाई लिएर सामाजिक सञ्जाल भरिएको छ । मंगलबार अधिकांश चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पेलोसीको भ्रमणबारे टिप्पणी गरेका छन् ।

कतिपयले ताइवानलाई फिर्ता लिनुपर्ने भन्द्र चीनलाई आग्रह पनि गरेका छन् । मंगलबार मात्रै चिनियाँ अधिकारीले पेलोसीको भ्रमणलाई लिएर यदि उनी ताइवान पुगे चिनियाँ सेना मुकदर्शक बनेर नबस्ने चेतावनी दिएका थिए ।

यस भ्रमणलाई लिएर गत साता पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी समकक्षी जो बाइडेनसँगको एक घन्टा लामो वार्तामा पेलोसीको भ्रमणको प्रसंग उठाएका थिए । त्यसबेला पनि सीले अमेरिकालाई चेतावनी दिएका थिए ।

पेलोसीको भ्रमणसँगै अमेरिकी सभामुखको सचिवालयले मंगलबार नै विज्ञप्ति जारी गरेको छ । उक्त भ्रमणलाई इन्डो प्यासिफिक पारस्परिक सुरक्षा तथा आर्थिक साझेदारी र लोकतान्त्रिक सुशासनमा केन्द्रित यात्राको एक हिस्सा भएको विज्ञप्तिमा जनाइएको छ ।

पेलोसी नेतृत्वको प्रतिनिधिमण्डलले ताइवान भ्रमणले ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकी अटल प्रतिबद्धता जनाउने पनि बताइएको छ ।

यससँगै चीनको परराष्ट्र मन्त्रालयले पनि पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यस भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको जनाएको छ । पेलोसीको भ्रमणलगत्तै चीनले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

प्रकाशित समय : ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु