गृहपृष्ठ काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्ने

काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्ने

काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्ने

काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो ।

फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । महानगरले आन्तरिक स्रोतबाट खर्च गर्ने गरी डोजर, लोडर र गाडी भाडाका लागि बजेट विनियोजन गरेको हो ।

बञ्चरेडाँडामा फोहोर बोकेको गाडी धुनका लागि वासिङ सेन्टर निर्माण गर्न पनि महानगरले १ करोड बजेट छुट्टयाएको छ ।

प्रकाशित समय : ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु