गृहपृष्ठ एक हजार ६१० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

एक हजार ६१० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

एक हजार ६१० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक हजार छ सय १० ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौँ आएका भारतीय नागरिक युसुफ हारोनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिइ जाँच गर्दा सो सुन बरामद गरिएको हो । उनले लगाएको भित्री बस्त्रमा प्लाष्टिकभित्र सुनको पोका दुई थान (तौल १६१) ग्राम अवैधरुपमा भन्सार छली गरी लैजान लागेका अवस्थामा फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कारबाहीका लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिए ।

प्रकाशित समय : २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु