काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आशा लघुवित्तद्वारा कर्मचारीको माग, योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त दिनुपर्ने

8.82K
shares

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतमा १ जना, वरिष्ठ प्रवन्धकमा १ जना, सहायक प्रवन्धकमा १ जना र वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतका लागि केहि संख्यामा तथा सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले सो पदहरुका लागि न्युनतम एसएलसी उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीमा दरखास्त दिनुपर्नेछ ।