गृहपृष्ठ कच्चा पदार्थको अभावका कारण फस्टाएन घरेलु उद्योग

कच्चा पदार्थको अभावका कारण फस्टाएन घरेलु उद्योग

कच्चा पदार्थको अभावका कारण फस्टाएन घरेलु उद्योग

थोरै पूँजी लगानीबाट सञ्चालन हुने घरेलु तथा लघु उद्योग बाँकेमा फस्टाउन सकेका छैनन् । कच्चा पदार्थको अभाव, खुला सिमाना, सरकारी निकायको कम चासो, प्रशिक्षणको कमीलगायत कारण उद्योगको अवस्था दिन प्रतिदिन प्रतिकूल हुँदै गएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अनुसार नेपाल–भारत खुला सिमानाका कारण भारतबाट आयात हुने सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु, उपभोक्ता भारतीय बजारप्रति आकर्षित हुनु र उत्पादित सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्न नसक्नुले पनि उद्योग क्रमशः बन्द हुने अवस्थामा पुगेको हो । जिल्लामा सञ्चालित करिव ३०० भन्दा बढी साना तथा मझौला एवं लघुउद्योग संकटमा पर्दै गएको महासंघले जनाएको छ ।

करिब एकदेखि तीन लाखसम्म लगानी रहेको साना उद्योगबाट उत्पादित वस्तुले बजार संकटको अवस्था झेल्दै आएको महासंघका पूर्वअध्यक्ष जीवनाथ सापकोटाले बताए ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु