global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेशले टी–२० विश्वकप आयोजना गर्ने

बंगलादेशले टी–२० विश्वकप आयोजना गर्ने

बंगलादेशले टी–२० विश्वकप आयोजना गर्ने

बंगलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्वकप आयोजना गर्ने भएको छ । साथै इंग्ल्यान्डले सो खेलकुद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले घोषणा गरेको छ ।

साथै भारतले सन् २०२५ मा एकदिवसीय महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मंगलबार आइसीसीले प्रकाशन गरेको विज्ञप्तिमा भारतले सन् २०१३ पछि पहिलो पटक यो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको बताइएको छ ।

त्यसैगरी आइसीसीले श्रीलंकाले सन् २०२७ मा महिला टी–२० च्याम्पियन ट्रफिको आयोजना गर्ने भएको हो । आइसीसी बोर्डले प्रतिस्पर्धाका आधारमा ती प्रतियोगिताहरुको आयोजना गर्न दिने गरी छनोट गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु