गृहपृष्ठ जनरल इन्स्योरेन्स कम्पनी र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता
जनरल इन्स्योरेन्स कम्पनी र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि बुटवलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटलको तर्फबाट प्रबन्धक निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर गरे ।
सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमा लेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकलमा नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्ने छन् ।
प्रकाशित समय : १७:२६ बजे


















