global ime bank Long Banner Ad

गृहपृष्ठ थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको ५ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४ सय ५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २ सय २ जना निको भएका छन् ।

हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २९ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु