गृहपृष्ठ नेपालमा पहिलोपटक टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम
नेपालमा पहिलोपटक टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम
टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलोपटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम सम्पन्न भएको छ ।
यही साउन ६, ७ र ८ गते आयोजना गरिएको तीनदिने तालिममा भारत र नेपालका ९० भन्दा बढी डिस्ट्रिक्ट अफिसरहरू सहभागी थिए । डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिले तालिम सञ्चालन गरेका थिए ।
कार्यक्रममा डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अंकुर यादवले भने, ‘एक कुशल नेताले संगठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नुपर्छ । हरेक वर्ष हामीले नयाँँ प्रेरणाको साथ काम गर्नुपर्छ र यस वर्ष केही नयाँ सिक्दै, आफूमा सकरात्मक परिवर्तन ल्याउँदै र आफूलाई सुधार्दै अघि बढ्नुपर्छ ।’
पूर्वडिस्ट्रिक डाइरेक्टर डीटीएम रन्जित आचार्यले नेतृत्वलाई सम्बोधन गर्दै भने, ‘नेता हुनु भनेको सबैभन्दा उत्कृष्ट हुनु होइन कि हिजोको आफूभन्दा आजको आफू सुधारिनु हो । तपाईंको प्रतिस्पर्धी अरू कोही नभएर तपाईंको विगत हो । यसमा सफल हुनका लागि तपाईंमा जिम्मेवार बोध हुनुपर्यो ।’
तालिम कार्यक्रम अन्तरक्रियात्मक हुनुका साथै डिस्ट्रिक्ट ४१ का नवनिर्वाचित डिस्ट्रिक्ट अफिसरहरूका लागि अत्यन्तै जानकारीमूलक रहेको सहभागीहरूले बताए । कार्यक्रममा भारतबाट ६२ जना सहभागी थिए ।

प्रकाशित समय : १७:४२ बजे


















