गृहपृष्ठ मौद्रिक नीतिको प्रभाव : नेप्से ६१ अंकले बढ्यो

मौद्रिक नीतिको प्रभाव : नेप्से ६१ अंकले बढ्यो

मौद्रिक नीतिको प्रभाव : नेप्से ६१ अंकले बढ्यो

आइतबार धितो पत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ६१ अंकले बढेको छ । गत कारोबार दिन २७ अंक घटेको नेप्से चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबार दिन भने ३.०३ प्रतिशत बढेर २ हजार ७८.५१ बिन्दुमा पुगेको हो ।

आज दुई अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.०९ अंकले उकालो लागेर ३९८.३३ मा पुगेको छ ।

कुल २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता सेयर   दुई अर्ब ७३ करोड नौ लाख २७ हजार २९७ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कुल १३ उपसमूहको सेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २२.८८, व्यापार ८८.०१, होटल तथा पर्यटन ७४.२, विकास बैंक १७७.३२, जलविद्युत् ८४.५, वित्त ११७.९९, उत्पादन १००.३९, अन्य १०३.८२, लघुवित्त १७५.१७, जीवन बीमा २०७.७७, सामूहिक लगानी कोष ०.१७ र लगानी २.१ अंकले उकालो लागेको छ ।

सेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण  २९ खर्ब ६७ अर्ब ९८ करोड ६८ लाख ४७ हजार ५८१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार बराबरको कारोबार भयो । नेपाल पुर्नबीमा कम्पनी  छ करोड ८२ लाख ९३ हजार ९४७, हिमालयन डिस्टिलरी छ करोड ५९ लाख ९१ हजार ८९५, एनआइसी एसिया बैंक छ करोड २१ लाख ८१ हजार ४५० र अरुण काबेली पावर  छ करोड १४ लाख १३ हजार ९३७ बराबरको कारोबार भइ शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । त्यस्तै स्वाभिमान लघुवित्त ९.६८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतले कमाएका छन् । यसैगरी एनएमबी बैंकको ऋणपत्र १.५२, ग्लोबल आइएमइ बैंकको ऋणपत्र १.०६, एनआइसी एसिया ग्रोथ स्कीम ०.७२, मेगा म्युचुअल फण्ड एक ०.६२ र ग्लोबल आइएमई बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु