global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाइग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाइग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाइग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालबीच बैंकका ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकले बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्यसम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउने छन् । उक्त छुटको पाउनका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।

बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौँको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याबसम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु