गृहपृष्ठ थप ३३५ जनामा संक्रमण पुष्टि
थप ३३५ जनामा संक्रमण पुष्टि
पछिल्ला दिन कोभिड–१९ बाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ । आज दुई हजार ९९६ नमुनाको परीक्षण गर्दा ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज ८६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ छ । काठमाडौँमा ५०० बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ र ललितपुरमा २०० बढी सक्रिय संक्रमित छन् ।
संक्रमितमध्ये दुई हजार ८३२ जना होमआइसोलेसन, १३९ संस्थागत आइसोलेसन र २५ जना आइसीयूमा उपचाररत छन् ।
मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय संक्रमितको संख्या शून्य छ । आज दुई लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : १८:०९ बजे


















