global ime bank Long Banner Ad

गृहपृष्ठ अब गठबन्धनको डम्फु बजाएर बस्न सकिँदैन : माधव नेपाल

अब गठबन्धनको डम्फु बजाएर बस्न सकिँदैन : माधव नेपाल

अब गठबन्धनको डम्फु बजाएर बस्न सकिँदैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल कमजोर नभएको दाबी गरेका छन् । नेपाल तामाङ संघ (समाजवादी)ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट उल्लेख्य सहयोग नपाएको भए पनि कमजोर भने नभएको दाबी गरेका हुन् ।

‘चिन्ता लिनुपर्ने कुरा के छैन भने, हामीले उठाएको उम्मेदवार २८ प्रतिशत हामीले उम्मेदवार मात्र खडा गर्‍यौँ तर हामीले भोट ९ लाख २७ हजार भोट पायौँ । २० देखि २५ सिट त समानुपातिकमा पनि कतै जाने अवस्था छैन ।’

अध्यक्ष नेपालले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको डम्फु धेरै बजाउँदा समस्या भएको बताए । आगामी मंसिर पहिलो साता आम निर्वाचनको मिति घोषणा हुने भन्दै उनले अब भने गठबन्धनको डम्फुमात्रै बजाएर बस्न नसकिने बताए ।

‘स्थानीय चुनावमा गठबन्धनको गीत गाएर कति डम्फु बजाइयो थाहा छैन,’ उनले भने, ‘अब गठबन्धनको डम्फु बजाउने होइन । यो पार्टीलाई कसरी बलियो बनाउने भनेर डम्फु बजाउने हो ।’

उनले गठबन्धनलाई दिमागमा राख्दा मेहनत कम गरेको उल्लेख गरे । ‘हाम्रो दिमागमा गठबन्धन भएपछि जितिन्छ भनेर मेहनत कम गर्‍यौँ । संगठन विस्तार गर्ने कुरामा कम ध्यान दियौँ,’ उनले भने, ‘गठबन्धन दलबाट जति महत्व पाउनुपर्ने थियो त्यो पाएनौँ ।’

अध्यक्ष नेपालले दुईतिहाइको फुर्ती देखाउनेलाई सडकमा फालेर आफूले इतिहासमा कीर्तिमान कायम बनाएको दाबी गरे ।

नेपालले भने, ‘इतिहासमा हामीले कीर्तिमान बनायौँ । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको पनि देख्यौँ ।’

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु