संसदीय विशेष समितिको समयावधि ७ दिन थप
वि.सं.२०७९ साउन ५ बिहीवार १८:३७
shares

संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने निर्णय सर्वसम्मतले स्वीकृत गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम समितिको कार्यविधि थपसम्बन्धी प्रस्तावमा सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गरेका थिए । सभामुखको समयावधि थप गर्ने प्रस्ताव बैठकले सहमति जनाएको थियो ।

























