गृहपृष्ठ मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’बाट सम्मानित
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’बाट सम्मानित
मुक्तिनाथ विकास बैंक लिमिटेड ‘वर्ल्ड कन्फिडेरेसन अफ बिजनेस’ संगठनद्वारा आयोजना गरिएको ‘बिजनेस एक्सिलेन्स अवार्ड इन द वर्ल्ड (द बिज अवार्ड-२०२२)’बाट सम्मानित भएको छ ।
विभिन्न ६ वटा विधा (व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सिर्जनात्मक अभ्यास आदि)मा मूल्यांकन गरी मुक्तिनाथ बैंक सम्मानित भएको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकका लागि नवीनतम् सेवा ल्याउन उत्साहित बनाएको बैंकको जनाएको छ ।
सोही क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति प्रद्युम्न पोखरेल ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’बाट सम्मानित भएका छन् ।
यसअघि पनि मुक्तिनाथ बैंक ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’ को ‘एसएमई फाइनान्सर अफ द इयर– एसिया’ विधामा पनि सम्मानित भएको छ ।
प्रकाशित समय : १७:०३ बजे


















