काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप १३५ जनामा संक्रमण पुष्टि, कोरोनाबाट एक जनाको मृत्य

10.35K
shares

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो ।

बितेको २४ घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टिजेन विधिबाट कारोना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार आइतबार ५९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल कोभिड–१९ संक्रमितको संख्या १ हजार ४३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३३६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ ।