गृहपृष्ठ राष्ट्रपति कार्यक्रममा आउने भएपछि त्रिवि शिक्षण अस्पतालका सेवा बन्द

राष्ट्रपति कार्यक्रममा आउने भएपछि त्रिवि शिक्षण अस्पतालका सेवा बन्द

राष्ट्रपति कार्यक्रममा आउने भएपछि त्रिवि शिक्षण अस्पतालका सेवा बन्द

राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रममा सहभागी हुने भएपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले आइतबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न उर्दी जारी गरेको छ ।

आईओएमकी डिन दिव्या सिंह शाहले शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई पत्र काट्दै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको एक प्राध्यापकले बताए ।

आईओएमको ५० औं वार्षिकोत्सव समारोह आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुँदैछ । राष्ट्रपति आउने कार्यक्रमका कारण सेवा बन्द गर्ने निर्णयलाई लिएर अस्पतालकै चिकित्सकले नै असन्तुष्टि जनाएका छन् । दैनिक २ हजारभन्दा बढी बिरामीले सेवा लिने अस्पताल वार्षिकोत्सवको बहानामा बन्द गर्न नहुने उनीहरूको भनाइ छ ।

अस्पतालमा सातामा ६ दिन ओपीडी सेवा सञ्चालन हुन्छ । सार्वजनिक बिदाको दिनमा समेत बिहान ओपीडी चल्दै आएको छ । बिहान र दिउँसो दुई सिफ्टमा सेवा दिने गरिएको छ ।

प्रकाशित समय : ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु