काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमई र पतञ्जली आयुर्वेदबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

3.57K
shares

आइएमई र पतञ्जली आयुर्वेदबीच रेमिट्यान्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतमा रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा.ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् । हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदान प्रदान भएको हो ।

समझदारी पत्र आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत-नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उनीहरूको परिवारका सदस्यलाई पैसा पठाउनको लागि एक सुविधाजनक माध्यम थपिएको बताए ।

आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे । ‘यो निर्बाध ग्राहक यात्राको लागि म आइएमई ग्रुपलाई धन्यवाद दिन चाहन्छु’ उनले भने,  ‘साझेदारी घोषणा गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ ।’ उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीले हाम्रो पतञ्जली केन्द्रमार्फत नेपालमा रहँदै आएका आफ्ना परिवार, आफन्त र इष्टमित्रलाई पैसा पठाउन सहज हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आचार्य बालकृष्णले नेपालका पतञ्जली केन्द्रबाट पनि रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने बताए । उनले बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पुरा नगरी यस्तो सेवा लिन सकिने जानकारी दिए ।