काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो तोलाको ?

6.3K
shares

नेपाली बजारमा बुधबार सुनको भाउ अकाशीएको छ । नयाँ रेकर्ड कायम गर्दै बुधबबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेकाे छ ।

यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुनको मूल्य एक हजार रुपैयाँले बढेको थियो । सोहि दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो।