गृहपृष्ठ मधेश
विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयकको मस्यौदा तयार गरी प्रदेश २ सरकारलाई हस्तान्तरण गरेको छ । विधेयक निर्माण समितिका संयोजक तथा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार विधेयकको मस्यौदा हस्तान्तरण गरेका छन् । यसअघि...
सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवकी ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । घरदेखि टाढा खेतमा मुगको दाल...
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागेकाे बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको वीरगञ्जमा उद्घाटन गर्दै उनले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने जानकारी...
तराई मधेसको एकमात्र जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र विद्यार्थीले तलब माग गर्दै आन्दोलन चर्काएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित रमदैया भवाडीमा रहेको कलेजमा कार्यरत करिब चार सय कर्मचारीले १५ महिनादेखिको तलब भत्ता माग गर्दै आन्दोलन चर्काएका हुन् ।...
देशको सबैभन्दा ठूलो चिनी मिल एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजविरुद्ध कृषक आन्दोलित भएको एक महिना बितिसकेको छ । तर, ६ महिनाअघि कृषकबाट उखु किनेको पैसा तिर्न मिल प्रशासनले कुनै चासो देखाएको छैन । उखु क्रसिङ भएको ६ महिनासम्म पनि भुक्तानी...
चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनकपुरमा योग शिविर आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरमा योग शिविरको भव्य तयारी भइरहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा जानकी मन्दिरमा बिहीबार बिहान...
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ का तीनवटा विद्यालयका विद्यार्थी भुइँमै बसेर पढ्ने गरेका छन् । फर्निचर अभावमा साविकको सपही गाविसको बनिगामास्थित जनता निम्नमावि, ज्ञानोदय आधारभूत विद्यालय कञ्चनवन र नवदुर्गा गणेमानमान राष्ट्रिय प्राविका विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य भएका हुन् । कक्षा...
नेपालले चीन सरकारलाई भद्र र रूपसी उपहारमा दिने भएकाे छ । चीनलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय...
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । उनले भने, 'संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार छ, अब हेरौं बल सरकारको कोर्टमा छ, यसमा...
विद्युत चोरी गरेको आरोपका सप्तरीको एक गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सप्तरीमा जारी विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र...












