गृहपृष्ठ दार्चुलाको सल्लेखेतीमा पहिरो : एक दम्पती वेपत्ता
दार्चुलाको सल्लेखेतीमा पहिरो : एक दम्पती वेपत्ता
दार्चुला जिल्लाको दुहु गाउँपालिका ३ को सल्लेखेतीमा पहिरो जाँदा दुई जना बिरामी भएका छन् ।
मंगलबार बिहान करिब ५ बजेतिर माथिबाट घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र श्रीमती ४५ वर्षीय इन्द्रा जोशी बेपत्ता भएको उनका छोरा सुनिल जोशीले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
घटनास्थल व्रह्मदेब प्रहरी चौकीबाट प्रहरी टोली बिहानै घटनास्थलमा पुगेर उद्धार कार्य भइरहेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली बिहान ६ बजे घटना स्थलतर्फ गएको प्रहरी निरीक्षक जोशीको भनाई छ ।
प्रकाशित समय : १६:२३ बजे



















