गृहपृष्ठ राखेप सदस्य सचिवमा पुन: सिलवाल नियुक्त
राखेप सदस्य सचिवमा पुन: सिलवाल नियुक्त
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई पुनः सदस्य सचिवमा नियुक्त गरेको हो ।
सिफारिस समितिले यसअघि सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद्ले सिलवाललाई नियुक्त गरेको हो।
प्रकाशित समय : १५:११ बजे



















